बैठकको तस्विर ।

हेटौंडाः सामाजिक संघसंस्थाहरुको समन्वयात्मक बैठक सम्पन्न भएको छ । मकवानपुर जिल्लामा दर्ता भएका र मकवानपुर कार्यक्षेत्र बनाएर काम गर्ने संघसंस्थाहरुको समन्वयात्मक बैठक भएको हो ।

सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले आयोजना गरेको कार्यक्रममा संघसंस्थाहरुको समस्या, समस्याको समाधान, कार्यक्षेत्रलगायतका विषयमा छलफल भएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकमा ५० संघसंस्थाहरुको सहभागिता रहेको थियो । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले संघसंस्थाहरुले पारदर्शिताका साथ काम गर्नुपर्ने बताउनुहु“दै संस्थाहरु समन्वय र प्रक्रियागत ठंगले अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा बालबालिका, लागूऔषधलगायत विभिन्न विषयमा छलफल गरिएको थियो ।