Home मुख्य समाचार मानव अधिकार संरक्षण मञ्च मकवानपुरको संयोजकमा देउला

मानव अधिकार संरक्षण मञ्च मकवानपुरको संयोजकमा देउला

हेटौंडाः मानव अधिकार संरक्षण मञ्च नेपाल मकवानपुर जिल्ला समितिको संयोजकमा रामकृष्ण देउला चयन हुुनुभएको छ । शुक्रबार हेटौंडामा भएको भेलाले देउलालाई मञ्चको संयोजक चयन गरेको हो ।

समितिको सचिवमा पदम विकल र सदस्यहरुमा ऋषिराम पोखरेल, सुशील मुडवरी, गोकर्ण खनाल, भोगेन्द्र लुईंटेल, बालकृष्ण अधिकारी, सानुभाइ विश्वकर्मा, रामशरण बानियाँ र निर्मल घिमिरे चयन हुनुभएको छ । ३ सदस्यपछि मनोनयन गरिने जनाइएको छ । समितिको सल्लाहकारहरुमा समितिका निवर्तमान संयोजक अरुण खतिवडा, नवराज शर्मा र केशरी पौडेल चयन हुनुभएको छ ।

Exit mobile version