Home मुख्य समाचार हेटौंडाको तासिर स्कूलका विद्यार्थी, शिक्षक, कर्मचारीले आविष्कार केन्द्रलाई सहयोग गर्ने

हेटौंडाको तासिर स्कूलका विद्यार्थी, शिक्षक, कर्मचारीले आविष्कार केन्द्रलाई सहयोग गर्ने

आयन सापकोटा आफ्नो जन्मदिनको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग रकम सहयोगपेटीमा राख्दै ।

हेटौंडाः हेटौंडा–७, नागस्वतीस्थित तासिर स्कूलका विद्यार्थी, शिक्षक र कर्मचारीले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने भएको छ । विद्यार्थी, शिक्षक, कर्मचारीले आफ्नो जन्मदिनको अवसरमा सहयोग रकम उपलब्ध गराउने जनाएको छ । आइतबार कक्षा–३ मा अध्ययनरत आयन सापकोटाले पाँच सय पाँच रुपैयाँ सहयोग गरी अभियानको सुरुवात गरिएको छ ।

अभिभावकको समेत उपस्थितिमा सापकोटाले सहयोग रकम सहयोगपेटीमा खसालिएको छ । विद्यालयका प्रिन्सीपल विनोद थपलियाका अनुसार विद्यार्थी, शिक्षक र कर्मचारीलाई बाध्य नगरिने र स्वेच्छिक रुपमा सहयोग गर्न सकिने व्यवस्था मिलाइएको छ । सहयोग संकलन अभियानको सुरुवातमा विद्यालयले आइतबारै १० हजार एक सय एक रुपैयाँ सहयोग बाकसमा राखिएको प्रिन्सीपल थपलियाले जानकारी दिनुभएको छ । संकलित सहयोग रकम छ महिनामा आविष्कार केन्द्रलाई पठाउने उहाँले बताउनुभयो ।

Exit mobile version