Home खेलकुद सिमरा गोल्डकपको लागि मकवानपुरका खेलाडी छनोट

सिमरा गोल्डकपको लागि मकवानपुरका खेलाडी छनोट

सिमरा गोल्डकपको लागि छनोट भएका मकवानपुरका खेलाडीहरु ।

हेटौंडाः सिमरामा जारी सिमरा गोल्डकपको लागि मकवानपुरका खेलाडीहरु छनौट गरिएको छ । आज शनिबार हुने खेलको लागि शुक्रबार खेलाडी छनोट गरिएको कोच ज्ञानु क्षेत्रीले जनाकारी दिनुभयो ।

खेल शनिबार साँझ ६ः३० बजे सिमरामा हुनेछ । भरतपुर फुटबल क्लबसँग मकवानपुरले प्रतिस्पर्धा गर्नेछ । खेलको लागि आसन्न अन्तरपालिका कपबाट खेलाडी छनोट गरिएको कोच क्षेत्रीले बताउनुभयो । खेलको मेनेजरमा अतुल बर्मा रहनुभएको छ । खेलाडीहरु बिक्रम नेगी, रेन्जन थिङ, सुदिप सापकोटा, पाल्देन लामा, सञ्जीव अर्याल, राजन गोले, सुजन गुरुङ, अविनाश खड्का, नवराज घलान, छेवाङ लामा, सरोज राई, अविषेक लामा, मनिष पौडेल र अमित ब्लोन रहेका छन् ।

Exit mobile version