गुगल तस्विर ।

हेटौंडाः हेटौंडा–८ स्थित हेटौंडा औद्योगिक क्षेत्रमा कार्यरत एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा औद्योगिक क्षेत्रभित्र रहेको पोलिमर कम्पनीमा सेकुरेटी काम गर्ने ५५ वर्षीय बाबुराम पण्डित क्षेत्री रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

शनिबार साँझ ६ बजेर ४५ मिनेटको समयमा क्षेत्री अचानक बेहोस भएको थियो । बेहोस क्षेत्रीलाई उपचारको लागी हेटौंडा अस्पतालामा ल्याएकोमा उपचारको क्रममा ७ बजे डाक्टरले मृत घोषणा गरेको थियो ।