मतदान गर्दै एक विद्यार्थी ।

हेटौंडाः स्ववियु निर्वाचनअन्तर्गत मकवानपुर बहुमुखी क्याम्पसमा अहिले बिहान १० बजेसम्ममा ४१० जनाले मतदान गरेका छन् । ३ हजार ९१ जना मतदाता रहेको मकवानपुर बहुमुखी क्याम्पसमा ६ वटा मतदान केन्द्र बनाइएको छ ।

क्याम्पस परिसर अगाडि उम्मेदवार, समर्थन र मतदाताको उत्साहजनक सहभागिता रहेको छ । मतदान दिनको ४ बजेसम्म जारी रहने निर्वाचन अधिकृत यमबहादुर सिलवालले जानकारी दिनुभएको छ ।