Home खेलकुद नेपाल बुद्धिचाल महासंघमा गौतम

नेपाल बुद्धिचाल महासंघमा गौतम

नवनिर्वाचित समितिका पदाधिकारीहरु सपथ ग्रहण गर्दै ।

हेटौंडाः नेपाल बुद्धिचाल महासंघको अध्यक्षमा विदुर प्रसाद गौतम निर्वाचित हुनु भएको छ । शनिबार बिहान सम्पन्न आठौं साधारणसभाबाट गौतमको अध्यक्षतामा नयाँ समिति चयन भएको हो । अध्यक्षमा गौतम सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

समितिका अन्य पदाधिकारीमा भने निर्वाचन भएको नेपाल बुद्धिचाल संघ बागमती प्रदेश समितिका उपाध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिनुभयो । साधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा हेराकाजी महर्जन, उपाध्यक्षमा ज्ञानेन्द्र पराजुली, धन बहादुर बोगटी, महासचिवमा धरम बहादुर लामा, उपमहासचिवमा मोनालोसा खम्बु र कोषाध्यक्षमा तारा बहादुर रानाभाट चयन हुनुभएको छ ।

महासचिव लामा मकवानपुरबाट प्रतिनिधित्व गर्नुहुन्छ । शुक्रबार विदुर प्रसाद गौतमको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन समारोह भएको थियो ।

Exit mobile version