हेटौंडाः पूर्वी मकवानपुरको बकैया गाउँपालिका–७, हात्तिखोलाका २७ बर्षीय रामशरण बुढाथोकीको दुबईमा मृत्यु भएको छ । रामशरण ९ महिना अगाडि युएई भिजिट भिसामा गई एक सेक्युरिटी कम्पनीमा कार्यरत थिए ।
माघ १२ गते रामशरण आफ्नो काम सकेर कोठामा आएर सुतेको अवस्थामै मृत्यु भएको उनका साथी र कम्पनी मार्फत जानकारी प्राप्त भएको छ । रामशरणको शव दुबईको सतुवास्थित अस्पतालमा राखिएको छ ।
मृतकको लासलाई घर नेपाल पठाउन युएईमा सक्रिय नेपाली जनप्रगतिशील मञ्च युएई र संयुक्त रुपमा लागी रहेको जनाएको छ । आर्थिक अभावका कारण पनि शव नेपाल ल्याउन कठिन भइरहेकोे जनाएको छ ।











