हेटौंडाः मोटरसाइकल दुर्घटनामा परी हेटौंडा–६, चौघडाका कृष्ण सापकोटाको मृत्यु भएको छ ।
शनिबार बिहान काठमाडौंबाट हेटौंडा आउने क्रममा हेटौंडा–२, तिर्तिरे धारा नजिक दुर्घटना हुँदा ४८ बर्षीय सापकोटाको घटनास्थलमै मृत्यु भएको हो । शनिबार बिहान १०ः३० बजेको समयमा दुर्घटना भएको हो । स्कारपियोले ठक्कर दिएको आशंका गरिएको पनि पहिचान हुन सकेको छैन ।











