हेटौंडाः स्थानीय प्रशासनले फागु पूर्णिमामा इच्छाविपरित कसैलाई रंग नलगाउन सूचित गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार एक सूचना जारी गरी नेपालीहरुको साझा पर्वलाई सभ्य, शिष्ट र मर्यादित रुपमा मनाउन आग्रह पनि गरेको छ । यस वर्षको फागू पूर्णिमा फागुन २२ र २३ गते मनाइँदैछ ।

कसैको इच्छाविपरित रंग, लोला, पानी तथा अन्य कुनै पनि पदार्थ छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिकस्थलमा होहल्ला गर्ने र कुनै व्यक्तिको निजी जीवनमा नकारात्मक असर पर्ने खालका गतिविधि नगर्न, नगराउन पनि स्थानीय प्रशासनले आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले एक सूचना जारी गर्नुहुँदै सचेत गराएको हो ।