हेटौंडाः मकवानपुरको बागमती गाउँपालिका–४, झुरझुरेमा बिहीबार बिहान १० बजेर १५ मिनेटको समयमा रुखबाट लडेर जुनकिरीको मृत्यु भएको छ ।
घर नजिकै पाखा बारीमा साजको बोटमा चढेर घाँस काट्दै गरेकी ५४ वर्षीया जुनकिरी माया गोलेको रुखबाट लडेर मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।











