हेटौंडाः होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशको दोस्रो अधिवेशन मकवानपुरको उत्तरीक्षेत्र थाहा नगरपालिका–९ चित्लाङमा सम्पन्न भएको छ । अधिवेशनबाट काठमाडौंका दामोदर नेपालको अध्यक्षतामा २१ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ ।

अधिवेशनबाट मकवानपुरका व्यवसायी निप्पु सर्राफ प्रथम उपाध्यक्ष, हरिगोपाल सापकोटा सहसचिव र रामशरण सापकोटा सदस्यमा निर्वाचित हुनुभएको छ । बुधबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन कार्यक्रम भएको थियो । उद्घाटन कार्यक्रममा बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठ, संविधान सभा सदस्य सुवासचन्द्र ठकुरी, होटल तथा पर्यटन व्यवसायी संघको केन्द्रीय समितिका अध्यक्ष दिनेश कुमार चुकेको पनि आतिथ्य रहेको थियो ।