मानवसेवा आश्रमको अवलोकन गर्न पुगेका विद्यार्थी र शिक्षकको समूह ।

हेटौंडाः हेटौंडा–४ स्थित भुटनदेवी माविका विद्यार्थीको सामाजिक क्लबको अग्रसरतामा मानवसेवा आश्रमलाई सहयोग गरिएको छ । बिहीबार विद्यालयका शिक्षकसहित सामाजिक क्लबले मानवसेवा आश्रमलाई ५ हजार रुपैयाँ सहयोग गरेको हो ।

कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर आश्रमलाई सहयोग गरेका हुन् । विद्यार्थीलाई समाजमा आश्रमको अवस्थाका बारेमा जानकारी गराउने र सहयोगको भावना अभिवृद्धि गराउने उद्देश्यले आश्रमको भ्रमणसँगै सहयोगको कार्य गरिएको शिक्षक सुमन श्रेष्ठले जानकारी दिनुभएको छ ।