हेटौंडाः भोलि फागुन १६ गते मंगलबार बकैया गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माझी समुदायको लदी पुजा पर्वको उपलक्ष्यमा पालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठका अनुसार गत ५ गते पालिकाको निर्णय बमोजिम सार्वजनिक बिदा दिएको छ । सोमबार सूचना सार्वजनिक गर्दै पालिकाले बकैया गाउँपालिका लगायत पालिकाका कार्यालयहरु बन्द हुने जनाएको छ ।