हेटौंडाः हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टले आयोजना गरेको खेलकुद महोत्सवको वेष्ट एथ्लेटिक्समा रोशन माझी र रोजिना उप्रेती उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट खेलाडी रोशन र रोजिनालाई म्यानेजमेन्टले २ महिनाको शुल्क छात्रावृत्ति दिने निर्णय गरेको छ ।
आज शुक्रबार भएको दौडमा पुरुषतर्फ रासिर आले मगर प्रथम भएका छन् । मगरले १५ मिनेट १५ सेकेण्डमा निर्धारित दुरी पार गरेका थिए । यस्तै, सनिस तामाङ १५ मिनेट २५ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भएका छन् भने १६ मिनेट ६ सेकेण्डमा दुरी पार गर्दै अमोद महतो तेस्रो भएका छन् । यस्तै, महिलातर्फ १२ मिनेट ३६ सेकेण्डमा निधारित दुरी पार गर्दै गौरीमाया तामाङ प्रथम भएकी छिन् । आयुषा उप्रेतीले १३ मिनेट ५ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भएकी छिन् भने १३ मिनेट ५७ सेकेण्डमा निर्धारित दुरी पार गर्दै इशा महत तेस्रो भएकी छिन् ।
२५ औं स्थापना दिवसको अवसरमा म्यानेजमेन्टले कक्षा ११ र १२, स्नातक र स्नात्तकोत्तर तहमा अध्ययनरत विद्यार्थीबीच एथ्लेटिक्सका विभिन्न प्रतियोगिता आयोजना गरेको हो ।