फाइल तस्बिर ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाबाट प्रहरीले लागुऔषध गाँजासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बिहीबार बिहान ८ बजेर ४० मिनेटको समयमा मनहरी गाउँपालिका–८, दारिमबासबाट ५ केजी ५ सय ७० ग्राम लागुऔषध गाँजासहित

भारतको बिहार राज्यको थाना बेतिया ग्रामका २५ वर्षीय सम्सोदिन अन्सारी, ४५ वर्षीय श्याम किशोर सिंह र १९ वर्षीय दुर्लभ कुमारलाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । अन्सारीको साथबाट प्रहरीले १ केजी ९५० ग्राम, सिंहको साथबाछ १ केजी ७५० ग्राम र दुर्लभको साथबाछ १ केजी ९६० ग्राम गाँजा बरामद भएको प्रहरीले उल्लेख गरेको छ ।

शंकास्पद अवस्थामा हिँडिरहेका भारतीय नागरिकहरुलाई सुरक्षाजाँच गर्ने क्रममा ज्याकेट भित्र प्लाष्टिकले बेरेर डोरीले बाँधी लुकाई छिपाई तस्करी गर्न खोजेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ । तीनैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।