Home कला प्रणय दिवसमा मुक्तक वाचन

प्रणय दिवसमा मुक्तक वाचन

तस्बिर गुगल

हेटौंडाः मुक्तक मञ्च मकवानपुरको आयोजनामा प्रणय दिवसको अवसरमा आठौं मुक्तक वाचन शृङ्खला भएको छ । मंगलबार साँझ भर्चुअल जुम मार्फत प्रणय दिवसको अवसरमा आठौं मुक्तक वाचन शृङ्खला भएको हो ।

कार्यक्रम मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबि बर्तौलाको सभाध्यक्षता तथा मुक्तक मञ्चका केन्द्रीय समितिका सल्लाहकार रुपिन्द्र प्रभावीको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा मुक्तक मञ्च केन्द्रिय समितिका सल्लाहकार अल्पबिरामीको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि प्रभावीले विभिन्न जिल्ला शाखाहरु मध्ये मुक्तक मञ्च मकवानपुर निकै क्रियाशील रहेको बताउनुभयो । मुक्तकको उत्थानका लागि केन्द्रीय समितिले सबै जिल्ला शाखाहरुमा साथ दिई अघि बढ्नु पर्ने सल्लाह उहाँले दिनुभयो ।

कार्यक्रममा ३० जनाले मुक्तक वाचन गरेका थिए । धेरै जसोले प्रेमिल मुक्तक वाचन गरेको थियो । कार्यक्रममा मुक्तक मञ्च केन्द्रीय समितिका अध्यक्ष रामजी प्रसाद आचार्य, केन्द्रीय समितिका सहसचिव श्रद्धा आचार्य, केन्द्रिय सदस्य अमृता पोख्रेल, किरण ढकाल, काठमाडौ शाखाका उपाध्यक्ष वसन्त पोख्रेल, मकवानपुर शाखाका सल्लाहकार दीपक गौतम, विश्वनाथ सन्जेल लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version