Home मुख्य समाचार मकवानपुरकी कंशाकार रास्वपा केन्द्रीय सदस्य

मकवानपुरकी कंशाकार रास्वपा केन्द्रीय सदस्य

बिन्दबासिनी कंशाकार ।

हेटौंडाः मकवानपुरकी बिन्दबासिनी कंशाकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य चयन हुनुभएको छ। रास्वपाको सोमबार बसेको बैठकले कंशाकारलाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेको हो।

कंशाकारसँगै १६ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ। कंशाकार मंसिरमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक सूचीमा हुनुहुन्थ्यो। १६ जना सदस्य मनोनित गरेसँगै रास्वपाको केन्द्रीय समिति ४० सदस्यीय भएको छ। बिन्दबासिनी १० वर्ष अघि एसिड आक्रमणबाट पीडित हुनुहुन्छ। पार्टीमा आफ्नो अपेक्षाका आधारमा नभई पार्टीकै नेतृत्वले स्वतस् स्फूर्त केन्द्रीय सदस्य मनोनित गरिएको जानकारी प्राप्त भएको कंशाकार बताउनुहुन्छ।

Exit mobile version