संचारकर्मी वाईबालाई सम्मान गरिँदै ।

हेटौंडाः बकैया गाउँपालिका खेलकुद विकास समितिले चौथो गाउँपालिकास्तरीय फुटबल प्रतियोगिताको समापन समारोहमा समृद्ध समाज दैनिकका संवाददाता रविन्द्र वाईबालाई सम्मान गरेको छ । बागमती प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित समाचारपत्र समृद्ध समाज राष्ट्रिय दैनिकका संवाददाता रविन्द्र वाईबालाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

संचारकर्मी वाईबाले खेलकुद गतिविधिलाई खेलाडी तथा जनमानसमा सम्प्रेषण गरेको भन्दै सम्मान गरिएको बकैया गाउँपालिकाका खेलकुद विकास समितिका अध्यक्ष विजय लामा थिङले बताउनुभयो । संचारकर्मी वाईबालाई बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने लगायतले सम्मानपत्र हस्तान्तरण गर्नुभयो । वाईबाले समद्ध समाजका लागि खेल क्षेत्रलाई प्राथमिकता दिएर समाचार लेख्नुहुन्छ ।