हेटौंडाः विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी) मकवानपुरको अध्यक्षमा सूर्य गोले चयन हुनुभएको छ । शुक्रबार हेटौंडा क्याम्पसमा भएको २४ औं जिल्ला सम्मेलनले गोलेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
सम्मेलनले गोलेको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विक्रम घलान, सचिवमा शर्मिला थोकर, सह–सचिवमा सुवास तामाङ र कोषाध्यक्षमा दिलमाया गोले चयन हुनुभएको छ । नवनिर्वाचित जिल्ला समितिलाई कार्यक्रमका प्रमुख अतिथि नरेन्द्र सीले सपथ ग्रहण गराउनुभएको छ ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज राम सी, केन्द्रीय सदस्य तथा डिवानका इन्चार्ज मिङमार सी, अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा पश्चिम बागमती इन्चार्ज विवेक सी, केन्द्रीय सदस्य बिक्रान्त सी लगायतको आतिथ्य रहेको थियो ।