नेकपा एमाले बागमती प्रदेशको प्रमुख सचेतकमा नियक्त हुनु भएको मधुसुदन पौडेल ।

हेटौंडाः बागमती प्रदेशको नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा ललितपुरको मधुसुदन पौडेल नियुक्त हुनुभएको छ । उहाँलाई बागमती प्रदेशको नेकपा एमाले संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्रमुख सचेतकमा नियुक्त गर्नुभएको हो ।

ललितपुर १ को १ बाट प्रत्यक्ष निर्वाचित पौडेलले नेकपा माओवादी केन्द्रका हरि दाहाललाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँ नेकपा एमालेका प्रदेश कमिटि सचिवालय सदस्य समेत हुनुहुन्छ ।