हेटौंडाः हेटौंडा बजार क्षेत्रमा मागेर हिँड्ने हेटौंडा–५ चिल्डेन पार्कका ६० वर्षीय राजकुमार परियारको मृत्यु भएको छ । आइतबार दिउँसो २ बजेर ४० मिनेटको समयमा हेटौंडा–२, प्रभाकर पथस्थित भित्री सडकखण्डको छेउमा अचेत अवस्थामा फेला परेको परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।
परियार अचेत अवस्थामा रहेको छ भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा वडा प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी सहायक निरीक्षक गोकर्ण थापाको कमाण्डमा टोली खटेर उपचारको लागि हेटांैडा अस्पताल ल्याइएको थियो । अस्पताल ल्याइएकोमा ३ बजेर २० मिनेटको समयमा डाक्टरले परियारलाई मृत घोषणा गरेको जनाएको छ ।