हेटौंडाः मकवानपुर प्रहरीले लागुऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–८ रंगपुरटारीका ५० वर्षीय शेख भिखारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।
सोमबार दिउँसो ३ बजेर मिनेटको समयमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ८ दारिमबासस्थित भित्री सडकखण्डमा कान्द्राङबाट मनहरीतर्फ आउँदै गरेको बा ४ ख ५१४८ नम्बरको यात्रुवाहक बसमा लागुऔषध लिई आउदै गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक कृष्णराज ढकालको कमाण्डमा प्रहरी टोली खटेर उक्त बसलाई रोकेर सुरक्षाजाँच गर्दा बसमा सवार शेख भिखारीलाई शंका लागि सुरक्षाजाँच गर्दा लागुऔषध अफिम १ केजी फेला पारेको जनाएको छ । उक्त लागुऔषधसहित भिखारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।











