हेटौँडाः हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयको २२ औँ अभिभावक भेला शुक्रबार भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पराजुलीको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतम र हेटौँडा वडा नम्बर ९ का वडाध्यक्ष सुकराम केसीको विशिष्ट आतिथ्यमा अभिभावक भेलाको उद्घाटन कार्यक्रम भएको हो ।
भेलामा अध्यक्ष पराजुलीले विद्यालयमा अहिलेसम्म गरेका र आगामी वर्ष गर्ने कार्यका बारेमा चर्चा गर्नुभयो । यसैगरी विद्यालयका प्रधानाध्यापक निरन्जनप्रसाद ढकालले आर्थिक तथ शैक्षिक प्रतिवेदन पेश गर्नुभयो । सो अवसरमा टोल विकास संस्था वडा समन्वय समितिकी अध्यक्ष रमिला सापकोटा, नेकपा एमालेका वडा कमिटी अध्यक्ष यदुवंश खतिवडा, वडाध्यक्ष सुकराम केसी, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

भेलाले राजु गौतमको अध्यक्षतामा नयाँ शिक्षक अभिभावक संघसमेत गठन गरेको छ । सो अवसरमा विद्यालयमा २५ वर्षभन्दा लामो समय सेवा गर्ने शिक्षकहरूलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको छ । दीर्घसेवा पदक पाउने शिक्षकहरूमा निरन्जनप्रसाद ढकाल, विमलकुमार घिमिरे, पार्वती बर्ताैला, मन्जु खनाल, श्याम बस्नेत, भीमबहादुर श्रेष्ठ, कमलपाल अधिकारी, आनन्दराज श्रेष्ठ रहनुभएको छ ।
वर्ष शिक्षक सम्मानबाट पनि ५ जना शिक्षक सम्मानित भएका छन् । सम्मानित हुनेमा मावितर्फ हरेराम थापा, निमावितर्फ लक्ष्मीकुमारी काफ्ले, प्रावितर्फ सुदीप पौड्याल, निजीस्रोतमा रहेर काम गर्ने शिक्षकहरु जेविस अर्याल र सभ्यता चौधरी रहेका छन् । यसैगरी कर्मचारीतर्फ लेखापाल गुरुप्रसाद शर्मा र सुरक्षागार्ड नारायण पुुडासैनीलाई पनि सम्मान गरिएको छ ।