जेसीआई बसामाडीको नवनिर्वाचित पदाधिकारीसहित पूर्व पदाधिकारीहरु ।

हेटौंडाः जेसीआई बसामाडीको अध्यक्षमा जनक भण्डारी चयन हुनुभएको छ । शनिबार हेटौंडामा भएको २३ औं साधारणसभाबाट वर्ष २०२३ का लागि भण्डारीको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन गरेको हो ।

वर्ष २०२३ का लागि कार्यकारिणी उपाध्यक्षमा उद्धवराज कठायत र मनिष घिमिरे, उपाध्यक्षमा रमेश शर्मा, जेपी यादव, परमेश्वर पौडेल र बासुदेब तिमल्सिना चयन हुनुभएको निर्वाचन आयुक्त गौतम केसीले जानकारी दिनुभएको छ । नवनिर्वाचित समितिले विभिन्न पदमा मनोनित गरी पदस्थापन गर्नेछ ।

अन्तर्राष्ट्रिय सामाजिक संस्थाको रुपमा रहेको जेसीआईको सदस्य जेसीआई बसामाडी वार्षिकरुपमा विविध कार्यक्रमको आयोजना गर्ने गरेको छ । साधारणसभामा जेसीआई बसामाडीका पूर्वअध्यक्षहरुको पनि उपस्थिति रहेको थियो । मकवानपुर जिल्लामा जेसीआई बसामाडीसहित आधा दर्जन जेसीआई संस्था क्रियाशील छन् ।