हेटौंडाः बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त हुनुभएका जगन्नाथ (जेएन) थपलियाले मदन भण्डारीको शालिकमा माल्यार्पण गर्नुभएको छ ।
मंगलबार मन्त्री नियुक्त भएसँगै मन्त्री थपलिया मन्त्रिपरिषद् बैठकपछि हेटौंडा–११ स्थित सहिद स्मारकस्थित मदन भण्डारीको शालिक तथा सहिद स्मारकमा माल्यार्पण गर्नुभएको हो । माल्यार्पणपछि मन्त्री थपलियाले सहिदहरुले देखाएको बाटोमा हिँड्ने बताउनुभयो । सहिदका सपना र जननेता मदन भण्डारीको जनताको बहुदलीय जनवाद सिद्धान्त सधै नेपाली राजनीतिमा उच्च स्थानमा रहने बताउनुभयो ।












