हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनु भएको शालिकराम जमकट्टेलसहित २ मन्त्रीले आज मंगलबार बिहान सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री जमकट्टेललाई शपथ ग्रहण गराउनु भएको हो ।
यस्तै, बागमती प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री शालिकराम जमकट्टेलको सिफारिसमा २ सदस्यीय मन्त्रिपरिषद् गठन एवम् कार्य विभाजन गर्नुभएको छ ।प्रदेश प्रमुख शर्मा समक्ष नवनियुक्त मुख्यमन्त्री जमकट्टेल, मन्त्रीहरु जगन्नाथ थपलिया र उद्धब थापाले नेपालको संविधानको धारा १७२ तथा मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र सुविधा ऐन २०७५ को दफा १४ बमोजिम मुख्यमन्त्री र मन्त्री पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।
नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालय र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता उद्धव थापालाई मन्त्रि बनाउने निर्णय भएको थियो । प्रदेश सभा सदस्य उद्धब थापालाई जिम्मेवारी पछि तोकिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
