Home मुख्य समाचार हेटौंडामा सवारी दुर्घटनाबाट ३ जना घाईते

हेटौंडामा सवारी दुर्घटनाबाट ३ जना घाईते

सांकेतिक तस्वीर ।

हेटौंडाः हेटौंडा १९ नेवारपानीमा सवारी दुर्घटना हुँदा ३ जना घाईते भएका छन् । शनिबार दिउँसो ४ बजेर ४५ मिनेटको समयमा नेवारपानी स्थित पूर्व पश्चिम सडक खण्डमा चितवन तर्फबाट हेटौंडा बजारतर्फ जाँदै गरेको प्रदेश २–०३–००५ प ६६७६ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको बा.प्र.०३ ००५ प ५००३ नम्बरको स्कुटी एक आपसमा ठक्कर खादा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक मनहरी गाउँपालिका वडा नम्बर ७ घर भएको विशेष सुरक्षा गण ढल्केबर धनुषा दरबन्दी भई हाल बागमती प्रदेशको श्रमरोजगार तथा यातयात मन्त्रीको सुरक्षामा खटिएका प्रहरी हबल्दार रामकृष्ण महत्तो घाइते हुनु भएको छ । यस्तै, मोटरसाइकलको पछाडि सवार चितवनको भरतपुर–२२ पटेनी घर भएको बागमती प्रदेश मुख्य मन्त्रीको कार्यालयमा कार्यरत प्रहरी हबल्दार नेत्र बहादुर बुढाथोकी घाईते हुनु भएको छ ।

हबल्दार महत्तोको हातमा चोट लागेको छ भने बुढाथोकीको टाँउको र हातमा चोट लागेको छ । दुबैजनालाई उपचारको लागि चुरेहिल अस्पताल लगिएको प्रहरीले जनाएको छ । यस्तै, स्कुटी चालक हेटौंडा–१९ नेवारपानी बस्ने १८ वर्षीयाकी एलिसा श्रेष्ठ घाईते भई सन्चो अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version