हेटौंडाः हेटौंडा–९ स्थित मानव सेवा आश्रममा एक दिने निःशुल्क स्वाथ्य शिविर भएको छ । शनिबार मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको आयोजनामा शिविर भएको हो ।
प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशीको नेतृत्वमा रहेको ६ जना विभिन्न विधाका चिकित्सकहरुको समुहले आश्रमका १ सय ४९ जना बिरामीहरुको उपचार गरिएको छ । चिकित्सकहरुको समूहमा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर शान्ति कुमारी जोशी, एमजीपि डाक्टर घनश्याम शाह, डाक्टर अमर मासिर, जनरल मेडिशिनका डाक्टर श्याम कुमार शाह र डाक्टर आयुषा भण्डारी रहनुभएको थियो ।
शिविरमा जनरल मेडिशिन, स्त्री तथा प्रसुती रोग, मृगौला रोग, छाला रोग, हाड जोर्नी रोगकोे उपचार गरी निःशुल्क औषधी वितरण गरिएको प्रतिष्ठानका प्रमुख प्रसाशकीय अधिकृत अमर अधिकारीले जानकारी दिनुभयो । अधिकांश बिरामीहरुमा मानसिक र छालासम्बन्धी रोग भएको पाइएको अधिकारीले बताउनुभयो । अस्पतालका उपकुलपति जोशीले मानव सेवा आश्रममा रहेका बिरामीहरुको लागि हेटौंडा अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाउने प्रतिबद्धता जनाउनुभएको छ ।











