हेटौंडाः पूर्व राजा ज्ञानेन्द्र शाहलाई हेटौंडामा स्वागत गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरको आमन्त्रणमा बुधबार हेटौंडामा आउनु भएको पूर्व राजा ज्ञानेन्द्रलाई हेटौंडा–२ स्थित एक होटलमा स्वागत गरिएको हो ।
पूर्व राजा ज्ञानेन्द्रलाई राप्रपाका केन्द्रीय सदस्यहरु रामहरी न्यौपाने, राम बहादुर थोकर, पार्टी प्रदेश सचिव गुञ्जन बहादुर न्यौपाने र पार्टी जिल्ला अध्यक्ष शिवराम थापा लगायतले स्वागत गर्नुभएको थियो । राजा ज्ञानेन्द्रले पार्टीका कार्यकर्तासँग भेटघाट गर्नुभएको राप्रपा मकवानपुरका प्रवक्ता आयुश कुमार डोटेलले बताउनुभयो । वर्तमान राजनितिक अवस्थाबारे कुनै छलफल नभएको उहाँले बताउनुभयो ।
पूर्व राजा ज्ञानेन्द्रले आधा घण्टा राप्रपाका कार्यकर्तासँग भेटघाट गरी फर्किनुभएको डोटेलले बताउनुभयोे । प्रवक्ता डोटेलले आगामी पुस २७ गते राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा मकवानपुरले हेटौंडामा बाइक र्याली र द्विप प्रज्ज्वलन गर्ने तयारी भएको जानकारी दिनुभयो ।











