सुरेश श्रेष्ठ

हेटौंडाः नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूले समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठलाई सम्मान गर्ने भएको छ । शनिबार ललितपुरको ज्वागल बैंक्वैटमा हुने चौंथो महाधिवेशनमा श्रीराम स्मृति न्हूजः पत्रकारिता पुरस्कारद्वारा सम्पादक श्रेष्ठलाई सम्मान गर्ने भएको हो ।

सम्पादक श्रेष्ठ हेटौंडाबाट प्रशारण हुने रेडियो निकास ९३ दशमलब ४ मेगाहर्जको स्टेशन म्यानेजर हुनुहुन्छ । साथै मकवानपुर बहुमुखी क्याम्पसमा आमसंचार तथा पत्रकारिता विषयको प्राध्यापक समेत हुनुहुन्छ ।