। फाइल तस्विर ।

हेटौंडाः प्रहरीले शनिबार दिउँसो २ बजेर २० मिनेटको समयमा हेटौंडा १९ को लागूऔषध गाँजा खेती फडानी गरेको छ । हेटौंडा १९ को सेरसेर, बसेनी, ज्यामिरे क्षेत्रमा लागूऔषध गाँजा खेती गरेको विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गाँजा खेतीको फडानी गरेको हो ।

प्रहरी नायब निरीक्षकको कमाण्डमा १८ जना प्रहरी टोलीले गाँजा खेती फडानी गरेको हो । उक्त क्षेत्रमा भएको अन्दाजी ३ बिगाह १० कठ्ठा क्षेत्रफलमा गरिएको लागूऔषध गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।