Home मुख्य समाचार बागमती प्रदेशसभा सदस्यहरुले लिए सपथ

बागमती प्रदेशसभा सदस्यहरुले लिए सपथ

प्रदेशसभा सदस्यहरुले सपथ लिँदै । फाइल तस्वीर ।

हेटौंडाः बागमती प्रदेशका नवनिवार्चित प्रदेशसभा सदस्यहरुले सपथ लिएका छन् । बिहीबार बागमती प्रदेश सभाका १ सय ९ प्रदेशसभा सदस्यहरुलाई प्रदेश जेष्ठ सदस्य राम प्रसाद ढुङ्गनाले सपथ ग्रहण गराउनुभयो ।

प्रदेश सभामा १२ जनाले नेपाल भाषामा, ३ जनाले तामाङ भाषामा र बाँकीले नेपाली भाषामा सपथ लिएका छन् । बागमती प्रदेश सभाको पहिलो बैठक पुस १८ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

सपथ ग्रहणमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ, प्रथम मुख्यमन्त्री डोरमणि पौडेल लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version