हेटौंडाः बागमती प्रदेश सभामा नेकपा एमालेको संसदीय दलको नेतामा जेएन थपलिया सर्वसम्मत निर्वाचित हुनुभएको छ । बिहीबार बागमती प्रदेश सभास्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा भएको बैठकले थपलियालाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।
थपलिया चितवनको निर्वाचन क्षेत्र नम्बर १ को १ बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । बागमती प्रदेश सभामा नेकपा एमालेका २७ जना सदस्य छन् । १३ जना प्रत्यक्ष निर्वाचित हुन् भने १४ जना समानुपातिक प्रणालीबाट निर्वाचित छन् । नेकपा एमालेको संसदीय दलको बैठकमा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, पूर्वमुख्यमन्त्री अष्टलक्ष्मीा शाक्यको पनि उपस्थिति रहेको थियो ।
