आश्रमलाई कम्बल हस्तान्तरण गर्दै ।

हेटौंडाः हेटौंडा—९ मा रहेको मानवसेवा आश्रमलाई रुंगटा वेलफेयर सोसाईटी आदर्शनगर विरगञ्जले कम्बल सहयोग गरेको छ । बुधबार रुंगटा वेलफेयर सोसाईटी अध्यक्ष मुर्लीधर रुंगटाले आश्रममा आश्रितहरुलाई २ सय ५० वटा कम्बल सहयोग गरेको हो ।

अत्याधिक चिसो बढेको अवस्थामा आश्रितहरुलाई न्यानो कपडाको अभाव भएपछि उक्त सोसाईटीले कम्बल सहयोग गरेको मानवसेवा आश्रमका अभियन्ता होमनाथ पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्रदेव पाण्डे, जिल्ला प्रहरी कार्यालयका प्रमुख बामदेव गौतम, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवाल लगायतको उपस्थिति थियो ।