Home खेलकुद विश्वकप फुटबल उपाधिको लागि अर्जेन्टिना र फ्रान्स भिड्दै

विश्वकप फुटबल उपाधिको लागि अर्जेन्टिना र फ्रान्स भिड्दै

हेटौडाः कतारमा जारी २२ औं संस्करणको फुटबलको उपाधिको लागि आज आइतबार फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयअनुसार राति ८ बजेर ४५ मिनेटमा कतारको लुसैल स्टेडियममा सुरु हुनेछ ।

अर्जेन्टिना र फ्रान्स तेस्रो पटक विश्वकप उपाधि उचाल्ने योजनासहित मैदानमा उत्रदैछन् । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी जितेको थियो । त्यस्तै फ्रान्सले भने सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी हात पारेको थियो । अर्जेन्टिनाको लागि लियोनल मेस्सीको कप्तानीमा खेल हुनेछ भने फ्रान्सका लागि ह्युगो लोरिसको कप्तानीमा खेल हुनेछ ।

अर्जेन्टिनाले क्रोएसियालाई र फ्रान्सले मोरक्कोलाई सेमिफाइनलमा सहज जित निकालेको थियो । पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोलको अन्तरले हराएको थियो । दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० गोलको अन्तरले हराएको थियो ।

Exit mobile version