सहयोगी मैनाली दम्पत्ति ।

हेटौंडाः हाल अमेरिकामा रहनुभएका प्रमोद मैनाली र सिमा मैनालीले आमाको सम्मान र बहिनीको स्मृतिमा आमाको मुख हेर्ने तिथिका दिन आज मानवसेवा आश्रम हेटौंडालाई ६० हजार पाँच सय आठ रुपैयाँ सहयोग गर्नुभएको छ । बहिनी सब्बु उप्रेतीको निधन भएको आज सातौं दिनको पुण्यतिथिमा स्वर्गीय बहिनीको वैकुण्ठ वासको लागि प्रार्थना गर्नु उप्रेती दम्पत्तिले सहयोग रकम हस्तान्तरण गर्नुभएको मानवसेवा आश्रम हेटौंडाले जनाएको छ । मैनाली दम्पत्ति अमेरिका जानुअघि हेटौंडामै बस्नुहुन्थ्यो । प्रमोद मैनाली हेटौंडामा प्राध्यापन पेशामा हुनुहुन्थ्यो ।