हेटौंडाः कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) बागमती प्रदेश समितिको अध्यक्षमा मकवानपुरका पुष्पराज पुडासैनी चयन हुनुभएको छ । नुवाकोटमा शनिबार भएको बागमती प्रदेशको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनले पुडासैनीको अध्यक्षतामा सर्वसम्मत प्रदेश समिति चयन गरेको हो ।
क्यान महासंघ बागमती प्रदेश समितिको उपाध्यक्षमा सन्तोषजनक भुसाल, सचिवमा किरण श्रेष्ठ, कोषाध्यक्षमा विकास पन्त र सदस्यमा तिलक सिम्खडालाई चयन गरेको छ । प्रदेशका मकवानपुर, चितवन, धादिङ, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, रामेछाप र रसुवाका जिल्ला अध्यक्षहरु प्रदेश समितिको पदेन सदस्य रहने व्यवस्था छ ।











