पहिलो पटक रक्तदान गर्ने रक्तदाता (बायाँ) लाई प्रमाणपत्र वितरण गरिँदै ।

हेटौंडाः लायन्स तथा लियो क्लबको आयोजनामा हेटौंडामा शनिबार रक्तदान कार्यक्रम भएको छ । हेटौंडा–४ स्थित भुवनेश्वर पशुपति मन्दिर परिसरमा आयोजित कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् ।

लायन्स क्लब अफ हेटौंडा सूर्योदय, लायन्स क्लब अफ हेटौंडा सूर्योदय राइजिङ, लायनस क्लब अफ हेटौंडा युथ ग्यालेक्सी, लायन्स क्लब अफ हेटौंडा सूर्योदय प्लसको आयोजनामा भएको कार्यक्रममा लियो कलबहरुले सहयोग गरेका थिए । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाले प्राविधिक सहयोग गरेको थियो ।