हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका–३, च्यानडाँडाबाट लडेर शुक्रबार साँझ एकजनाको मृत्यु भएको छ । बारा जिल्लाको निजगढ नदगरपालिका–१३ का ६७ वर्षीय ईन्द्र बहादुर रुम्बा भीमफेदी–३, सिमलटारस्थित ससुराली घर जाने क्रममा च्यानडाँडाबाट लड्दा घटनास्थलमै रुम्बाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुम्बा भीरबाट खसेर झण्डै ३ सय मिटर तल पुगेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली घटनास्थल पुगेको प्रहरीले जानकारी दिएको छ ।
