Home मुख्य समाचार खोलामा डुबेर वृद्धको मृत्यु

खोलामा डुबेर वृद्धको मृत्यु

तस्बिरः गुगल ।

हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिका–३ स्थित चुर्लिङ खोला तर्ने क्रममा राक्सिराङ–२, थुम्कीका ७८ वर्षीय म्याक्सो मोक्तानको खोलामा डुबेर मृत्यु भएको छ ।

शुक्रबार दिउँसो ३ बजेर १५ मिनेटको समयमा खोला तर्ने क्रममा डुबेर मोक्तानो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । स्थानीयले घटनाको विषयमा जानकारी गराएपछि राक्सिराङ गाउँपालिकास्थित प्रहरी चौकी चैनपुरबाट प्रहरी टोली खटिएको थियो ।

Exit mobile version