हेटौंडाः कार्तिक महिनामा हेटौंडामा २ सय १७ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्र हेटौंडाका अनुसार कार्तिक महिनामा २ सय १७ जनाले रक्तदान गरेका हुन् ।
कार्तिकमा विभिन्न ६ वटा संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले बताउनुभयो । विभिन्न ६ वटा संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ३७ जना महिला र १ सय ४० जना पुरुष गरी १ सय ७४ जनाले रक्तदान गरेको उहाँले जानकारी दिनुभयो ।
यस्तै, केन्द्रमा पुगेर ४० जनाले रक्तदान गरेका छन् । ३६ जना पुरुष र ६ जना महिला गरी ४० जनाले केन्द्रमा पुगेर नै रक्तदान गरेको प्राविधिक सापकोटाले बताउनुभयो ।