हेटौंडाः मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ र प्रदेश सभा १(क) को मत गणना सकिएको छ । मतगणना सकिँएसँगै प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश कुमार बर्तौला विजयी हुनु भएको छ । यस्तै, प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका प्रेम बहादुर पुलामी छिन्तु विजयी हुनु भएको छ ।

नेकपा एमालेका महेश कुमार बर्तौला ८६ हजार ३ सय १ मत गणना गर्दा ३४ हजार ९ सय १६ मतसहित विजय हुनु भएको हो । यस्तै, गठबन्धनका उम्मेदवार नेकपा समाजवादीका विरोध खतिवडाले ३० हजार ३ सय ९६ मत प्राप्त गर्नुभएको थियो । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले १२ हजार ३९ र राप्रपाका राजन मैनालीले २ हजार १ सय ९४ मत प्राप्त गरेका थिए । प्रतिनिधि सभा २ को मत गणनामा ४ हजार १ सय २ मत बदर भएको छ ।

प्रदेश सभा क्षेत्र नम्बर १ को (क) ४५ हजार २ सय ७ मत गणना गर्दा छिन्तुले १९ हजार २ सय ७४ मतसहित विजयी हुनु भएको हो । पुलामी संविधान सभा सदस्य र अघिल्लो कार्यकालमा पनि प्रदेश सभा सदस्य भईसक्नु भएको थियो । नेकपा एमालेका कमल बहादुर विष्टले १५ हजार १ सय ३०, राप्रपाका सागर थापाले ७ हजार ६ सय ६८ मत प्राप्त गरेका छन् । प्रदेशमा १ हजार ६ सय ४५ मत बदर भएको छ ।