सांकेतिक चित्र ।

हेटौंडाः मकवानपुरमा बुधबार २८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयले बुधबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार जिल्लामा २८ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

डेंगु संक्रमण पुष्टि हुनेमा २८ जना नै मनहरी गाँउपालिकाका रहेका छन् । योसँगै जिल्लामा डेंगु पुष्टि हुनेको संख्या ५ हजार ६ सय ९० जना पुगेको छ ।