गजल

माधव खनाल उमेर १७ लमजुङ

गल्ती सानो अनि ठुलो भूलबाट हुन्छ
कुलो कता सोजाउने मूलबाट हुन्छ

नाबालक, बालक, प्रौढ जोसुकै होस्
सूक्ष्मलाई नदेखे ज्ञान स्थुलबाट हुन्छ

कलुषित मनभित्र लुकेका ती दागहरु
सुरुवात निरिहको सुलबाट हुन्छ

ए फूल तिमीमा के मोहनी छ त्यस्तो
घुम्दा गल्ती भमराको कबुलबाट हुन्छ

अमृत हो फूल धाउने धेरै हुन्छन्
मह त मात्र मौरीको हुलबाट हुन्छ ।

Exit mobile version