Home राजनीति प्रेस स्वतन्त्रताको लागि पुलामीको प्रतिबद्धतापत्र सार्वजनिक

प्रेस स्वतन्त्रताको लागि पुलामीको प्रतिबद्धतापत्र सार्वजनिक

हेटौंडाः मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा सदस्य (क) का उम्मेदवार प्रेम बहादुर पुलामी (छिन्तु)ले वाक् तथा प्रेस स्वतन्त्रता, पत्रकारको सुरक्षाको लागि प्रतिबद्धतापत्र आज बिहीबार सार्वजनिक गर्नुभएको छ । उहाँले सञ्चार माध्यम र सञ्चारकर्मीको प्रबर्द्धन गर्न नीति तथा कार्यक्रमहरु सार्वजनिक गर्नुभएको हो ।

बाम लोकतान्त्रिक गठबन्धनद्वारा आयोजित पत्रकारसँग अन्तरक्रिया गर्दै उहाँले सञ्चार माध्यमको व्यावसायिक र संस्थागत विकासको लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह बनाउने, आमसञ्चार माध्यममा सबै वर्ग, जाति, भाषा, समुदायको पहुँच बढाउने जानकारी दिनुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गर्दै सञ्चार प्रणालीको विकास गरी सञ्चार माध्यमलाई साना, मझौला र ठुलो लगानीको आधारमा वर्गीकरण गरी सुविधा प्रधान गर्ने, राज्यका सबै विज्ञापन तथा सूचना सबैलाई समान वितरण गर्ने र कानूनी नीति निर्माणमा गर्ने योजना रहेको बताउनुभयो ।

त्यस्तै सञ्चार माध्यमको पेसागत सुरक्षाको निम्ति पत्रकारहरुको स्वास्थ्य, दुर्घटना तथा आतंकको बिमा साथै पत्रकारिता विकास कोष निर्माण गरिने, मिडिया विकास कोषलाई प्रभावकारी बनाउन पत्रकारलाई आवश्यक सामग्री खरिदमा ७० प्रतिशत अनुदान, श्रमजीवी पत्रकारको बिजुली र टेलिफोन प्रयोगमा सहुलियत गर्ने र पत्रकारलाई सहुलियत कर्जा व्यवस्था गर्ने बताउनुभयो ।

उहाँले पत्रकार क्षेत्रलाई जोड दिँदै उत्कृष्ट पत्रकारलाई सम्मान तथा पुरस्कार व्यवस्था गर्ने, पत्रकार पुग्ने क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा प्रबन्ध गर्ने साथै पत्रकारका विभिन्न मागहरु आफु चुनाव जितेपछि संसदसम्म पुर्याउनेमा समेत जोड दिनुभयो ।

Exit mobile version