खेलका लागि तयार खेलाडी ।

हेटौंडाः निरज श्रेष्ठको स्मृतिमा भइरहेको जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा भुटनदेवी माध्यमिक विद्यालय १३८ रनले बिजयी भएको छ । शनिबार बिहान भएको पहिलो खेलमा नवोदय शिशु सदन विरुद्ध भुटनदेवी माध्यमिक विद्यालयले १३८ रनले बिजयी हात पारेको हो ।

टस जितेर पहिलो फिल्डिङ नवोदय शिशु सदनले गरेको थियो । त्यस्तै ब्याटिङमा आएको भुटनदेवी माध्यमिक विद्यालयले २० ओभर खेल्दै ९ विकेट गुमाउँदै १६९ रन बनाएको थियो । जसका लागि रितिक यादवले ३९रन, एम डि नासिमले २८ रन र हिमान्सु यादवले २४ रन बनाएको थियो । १७० रनको लक्ष्य पछाउँदै गरेको नवोदय शिशु सदन ७ ओभरमा ३ बलमा ३१ रनमा अल आउट हुन पुग्यो । त्यस्तै अल आउटमा समेट्न भुटनदेवीको बलर रामदयान यादवले ३ विकेट, एम डि नासिम र बिटु पलले समान २ विकेट लिएको हो । यस्तै खेलको म्यान अफ द म्याच उत्कृष्ट प्रदर्शन गरेको रामदायान यादव घोषित भएको हो ।

त्यस्तै दोस्रो खेल जीएस निकेतन र बालजागृति इङगलिस सेकेण्डरी भएको खेलमा जीएस निकेतनले ४७ रनले जितेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको जीएस निकेतनले १८ ओभरमा अल आउट हुँदै १३७ रनको लक्ष्य दिइएको थियो । जसका लागि युवराज यादवले २२ रन, आद्धित्य सिंहले २० रन, अजय चौदरीले १६ रन बनाएका थिए । त्यस्तै लक्ष्य पछाउँदै गरेको बालजागृति १८ ओभर ४ बलमा अल आउट जम्मा ९० रन बनाएको हो । त्यस्तै जितको लागि उत्कृष्ट प्रदशर्न गरेको जीएस निकेतनका खेलाडी म्यान अफ द म्याच घोषित भएको हो ।