हेटौंडाः मंगलबार दिउँसो ४ बजेको समयमा राक्सीराङ गाउँपालिका वडा नम्बर ८ बिशाल चेपाङको घरमा आगलागी भएको छ । आगलागी हुँदा ७०/८० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
बिशाल चेपाङको खरले छाएको काठ, ढुङ्गा र माटोले बनेको १ तले कच्चि घरमा निजको बुवा वर्ष ६१ को कृष्ण बहादुर प्रजाले मापसे गरि आगो लगाएका हुन् । आगलागीबाट घरमा रहेको अन्नपात पुर्णरुपमा जलि नष्ट भएको छ । आगो लगाउने कृष्ण बहादुर चेपाङ प्रहरीको नियन्त्रणमा रहेको जनाईएको छ ।











