Home कला कोशिश

कोशिश

नवीन श्रेष्ठ, जनप्रिय मावि, कक्षा–१०

कोशिश गर्नेको कदापि हार हुँदैन
डुंगासँग डराएर नदी पार हुँदैन
सानो चरा जब चारा लिई हिँड्दछ
चढ्दा रूखमा सय चोटी लड्दछ ।।

मनको विश्वास र चाहानामा साहस भर्दछ
चढेर लड्नु, लडेर चढ्नु अवश्य नै पर्दछ
पाउँदैनौ हीरा समुद्रमा सहज रूपले
कोशिश गर्नु जरूरी छ बस्नु हुन्न चुपले

असफलता एक चुनौती हो स्विकार गर्नु
के कमी छ हेरीकन अवश्य त्यो सुधार गर्नु
जबसम्म हुँदैन सफल निद्रा त्याग्नु तिमी
संघर्षको मैदान छोडेर कहिल्यै नभाग्नु तिमी

कोशिश गर्नुको विभिन्न मुख्य सार हुन्छ
कोशिश बिना हाम्रो प्रत्येक क्षेत्रमा हार हुन्छ
कोशिश गर्नेलाई सफलताले सधैं साथ दिन्छ
कोशिश नगर्नेलाई सफलताले सधै घात दिन्छ

नत डराउनु आवश्यक छ गरिरहनु प्रयत्न
प्रयत्न गरे जित हाम्रो सफलता आउँछन् भेट्न

Exit mobile version