हेटौंडाः मकवानपुरमा बिहिबार २९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा थप २९ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा १६ जना मनहरी गाउँपालिकाका रहेका छन् । यस्तै हेटौंडा उपमहानगरपालिकाका १० जनामा, बकैया गाउँपालिका र राक्सिराङ गाउँपालिकाका समान १–१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ठेगाना नखुलेका एक जनामा संक्रमण पुष्टि भएको छ । बिहिबार २९ संक्रमित थपिएसँगै जिल्लामा डेंगु संक्रमण पुष्टि हुनेको संख्या ५ हजार २ सय ६५ जना पुगेको छ ।